हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाका व्यवसायी बिमलीलाई ‘CIP’ सम्मान

झापा, बिर्तामोड । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले झापा बिर्तामोडका व्यवसायी ओमकृष्ण बिमलीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP) सम्मान प्रदान गरेको छ।

Advertisement

बिमली अध्यक्ष रहेको नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालि ले कृषिजन्य वस्तुको निर्याततर्फ उल्लेखनीय योगदान पुर्‍याएको आधारमा उक्त सम्मान प्राप्त गरेको हो। मन्त्रालयले मुलुकभरका ३० व्यवसायी तथा कम्पनीलाई व्यवसायिक योगदानको आधारमा ‘CIP’ प्रदान गरेको छ।

Advertisement

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्मान हस्तान्तरण गरेका थिए। बिमलीसहित कृषि र जडीबुटी क्षेत्रमा योगदान पुर्‍याउने केही व्यवसायी तथा संस्थाहरूलाई प्राथमिकतामा राख्दै सम्मान गरिएको मन्त्रालयले जनाएको छ।

समारोहमा निजी क्षेत्रका प्रतिनिधिमूलक ९ संस्थालाई मानार्थ ‘CIP’ पनि प्रदान गरिएको थियो। निर्यात, वैदेशिक मुद्रा आर्जन र व्यवसाय प्रवद्र्धनमा योगदान पुर्‍याउने कम्पनी तथा संस्थाहरूलाई सम्मान गरिएको हो।

बिमलीको नेतृत्वमा रहेको नेपाल एभरेष्ट कार्डाममले विगत दुई वर्षमा उल्लेख्य मात्रामा अलैंची निर्यात गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु‍र्‍याएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)