समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भावनात्मक म्युजिक भिडियोमा भुवन खड्काको सशक्त अभिनय, दर्शकको मन जित्ने दाबी

निशान निराैला/झापा । अभिनय क्षेत्रमै सक्रियता बढाइरहेका पूर्वेली कलाकार भुवन खड्का अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। समाजमा घटेका घटनालाई समेटेर निर्माण गरिएको यस भावनात्मक (सेन्टिमेन्टल) गीतमा खड्काले जीवन्त अभिनय प्रस्तुत गरेका छन्।

Advertisement

पूर्वमा बसेर निरन्तर अभिनय यात्रालाई अघि बढाइरहेका खड्काले यसअघि पनि दर्जनौं म्युजिक भिडियो, चलचित्र र टेलिसिरियलहरूमा अभिनय गरिसकेका छन्। यसपटकको भिडियोमा कौशिला राजवंशी र मनिषा विश्वकर्मा ले अभिनयमा साथ दिएका छन्।

Advertisement

गीतका शब्द प्रकाशकला श्रेष्ठ ले लेखेकी हुन् भने डिम्पल अधिकारी को सुमधुर स्वरले गीतमा भावनात्मकता थपिएको छ। कम्पोज काव्य रेकर्ड स्टुडियो दमकले गरेको हो भने अशोक थापा को संगीत संयोजन रहेको छ।

भिडियोको निर्देशन अशोक लाखे ले गरेका हुन्। छायांकन सोम मग्राती , सम्पादन मुहारसिंह थापा मगर (मुहा क्रिएटिभ स्टुडियो मङ्गलबारे) र सिङ्गर सुमन मग्राती रहेका छन्।

गीतकी निर्मातासमेत रहेकी प्रकाशकला श्रेष्ठ का अनुसार म्युजिक भिडियोले दर्शकको मन जित्ने विश्वास दिलाएकी छिन्। निर्देशकका अनुसार, “पछिल्लो समय समाजमा भइरहेका यथार्थ घटनालाई गीतमार्फत् दर्शाउने प्रयास गरिएको छ।”

भुवन खड्का भन्छन्, “म सेन्टिमेन्टल गीतहरूमा अभिनय गर्न रुचाउँछु। जीवन्त अभिनय दिन सधैं तत्पर छु। यो म्युजिक भिडियोले पनि दर्शकको मन जित्नेछ। आगामी दिनमा अन्य नयाँ भिडियोहरूमा पनि अभिनय गर्दै जाने योजना बनाएको छु।”

पूर्वमा बसेर निरन्तर सिर्जना र अभिनयमा लागिरहेकै कारण खड्का पछिल्ला दिनहरूमा निर्माताहरूको रोजाइमा पर्न थालेका छन्।

भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ र छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article