साहित्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पत्रकार उद्धव पुरी ‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित

बिर्तामोड, ७ साउन। जनपक्षीय पत्रकार देवकुमार आचार्य ‘डी कौडिन्य’ को स्मृतिमा स्थापना गरिएको ‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८२’ बाट पत्रकार उद्धव पुरी सम्मानित भएका छन्।

Advertisement

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले स्थापना गरेको सो पुरस्कारको राशी रु ४२ हजार रहेको छ। पत्रकार पुरी झापा क्षेत्रका एक सक्रिय, निष्ठावान र जनमुखी पत्रकारका रूपमा चिनिन्छन्। हाल उनी ‘शब्दपत्र डट कम’ मा आबद्ध छन्।

Advertisement

पुरस्कार वितरण कार्यक्रम आज बिर्तामोडमा आयोजना गरिएको थियो। कार्यक्रममा मुख्य अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं झापा इञ्चार्ज रन्जित तामाङले पुरीलाई सम्मानपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरे।

करीब दुई दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील पुरीले समाज रूपान्तरणका लागि कलममार्फत निरन्तर आवाज उठाउँदै आएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article