समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भिजिट भिषामा कुवेत जान लागेका ४७ नेपाली महिला दिल्लीबाट फर्काइयो

नयाँ दिल्ली, साउन ९ । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिलालाई नेपाल फर्काइएको छ।

Advertisement

उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिई बिहीबार राति स्थलमार्ग हुँदै रूपन्देही ल्याइएको हो। दिल्ली विमानस्थलमा एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) विना कुवेत जान लागेको पाइएपछि उनीहरूलाई रोकिएको हो।

Advertisement

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लको नेतृत्वमा दूतावासका कर्मचारी टोलीले सुनौली नाका हुँदै महिलाहरूलाई रूपन्देही ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन्।

प्रजिअ घिमिरेका अनुसार अहिले ती महिलाहरूलाई प्रहरीले काठमाडौँ ल्याइरहेको छ। प्रारम्भिक अनुसन्धानमा ती महिलाहरू वैदेशिक रोजगारीको सिलसिलामा दलालमार्फत कुवेत जान लागेको देखिएको छ।

यसैबीच गृहमन्त्री रमेश लेखकले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएका छन्। गृहमन्त्रालयका अनुसार गृहमन्त्री लेखकले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई आवश्यक छानबिन गरी घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

प्रहरी र गृह मन्त्रालयको प्रारम्भिक आकलनमा यो घटनालाई मानव तस्करीसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। अनुसन्धान अघि बढाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article