धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

शनिदेवले सबैको मनोकांक्षा पुरा गरुन, हेर्नुहाेस राशिफल (२०८२/०४/१० गते)

आज २०८२ साल साउन १० गते शनिबारको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा धैर्यताको आवश्यकता रहेको छ। पहिला गरेका समझौतामा असमझदारी बढ्नेछ। गुरुको मार्गदर्शन उपयोगी रहनेछ। माताको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कमी कमजोरी माथि टिप्पणी हुन सक्ला सावधान रहनुहोस्। विचलित मनले कुनै निर्णय नलिनुहोला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा नयाँ अनुबन्ध व्यापार विस्तारको लागि सहायक हुनेछ। आम्दानी बढ्नुका साथै खर्चमा पनि बृद्धी हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। अरुका लागि उपयोगी भइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव आउनेछ। विशेष कामको जग बसाउने अवसर रहेको छ। अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुनै समाचारले नयाँ कार्य गर्ने हौसला जगाउनेछ। समयमा सही निर्णय लिन नसक्दा पछि परिनेछ। महत्वकांक्षी योजनाहरू सार्वजनिक नगर्नुहोला। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त हुनेछ। अवसरवादीहरूले कार्यक्षेत्रमा अवरोध पुर्‍याउन सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ८ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुको कुरामा चासो लिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारा चुनौतीलाई पनि मेहनत र बुद्धिने सजिलो बनाउन सक्नुहुनेछ। रोकिएका काम पुनः सञ्चालन हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगनशीलताले उपलब्धि प्राप्त हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नोकरी वा पेशामा अधिकारीहरुको साथ पाइनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि पुराना कार्य सम्पादन गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सफलताको लागि अतिरिक्त प्रयास गर्नुपर्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भौतिक संसाधन जुटाउन दिगो कार्य प्रारम्भ हुनेछ। अरुको व्यवहारले शंका उब्ज्याएपनि माननीयजनहरूको सल्लाहलाई मान्नुहोस् लाभ हुनेछ। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धि र विवेकले कार्यक्षेत्रमा निर्णयहरु लिनुहोला। विपरीत परिस्थितिमा पनि धैर्य बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। मस्तिष्कमा उब्जिएका नयाँ विचारहरू कार्यक्षेत्रमा सहायक हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article