समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

चार दिनदेखि हराइरहेका ८१ वर्षीय भुजेल खोलाको किनारमा मृत भेटिए

झापा, २०८२ साउन ११ । मिति २०८२ साल साउन ७ गते बिहानैदेखि बेपत्ता भएका झापा जिल्ला, झापा गाउँपालिका–१ निवासी ८१ वर्षीय भिम बहादुर भुजेलको शव आज बिहान फेला परेको छ।

Advertisement

भुजेल आफ्नै घरबाट अचानक हराएको सूचना पाएपछि परिवार तथा सुरक्षाकर्मीले खोजतलास जारी राखेका थिए। सोही क्रममा मिति २०८२।०४।११ गते बिहान अन्दाजी ९:१५ बजेको समयमा सानो माई खोलाको पुलबाट करिब २०० मिटर दक्षिणतर्फ, खोलाको छेउमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो।

Advertisement

घटनास्थलमा झापा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अमल्दारको टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा गरी अन्दाजी १२:४५ बजे शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको जानकारी दिएको छ।

प्रहरीले मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अवस्था हेर्दा कुनै पनि आपराधिक संकेत फेला नपरेको भए पनि सबै कोणबाट छानबिन अघि बढाइएको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article