समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा सवारी दुर्घटना, एक पैदल यात्रीको मृत्यु, चालक हल्दिबारीका गजेन्द्र प्रहरी नियन्त्रणमा

झापा, साउन १२ गते । झापाको मेचिनगर नगरपालिका–१२ सरेडाँगीस्थित मेचि राजमार्गमा सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ।

Advertisement

मिति २०८२ साउन ११ गते साँझ ७:३० बजे इलामबाट चारआलीतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको सेतो रङको स्कर्पियो गाडीले एक अन्दाजी ४५/४६ वर्षका अज्ञात पुरुष पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। गम्भीर अवस्थाका ती व्यक्तिलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा राति ८:०० बजे अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

Advertisement

दुर्घटनापछि फरार रहेको उक्त सवारी साधन र चालकको खोजी गर्ने क्रममा राति १०:३० बजे गाडीसहित झापाको अनारमनीस्थित ईलाका प्रहरी कार्यालयमा सम्पर्कमा आएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी मे. १ च. ६१३१ नम्बरको स्कर्पियो रहेको र चालक झापा, हल्दिबारी गाउँपालिका–१ निवासी ४८ वर्षीय गजेन्द्र बहादुर बिष्ट रहेका छन्।

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article