समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको बनियानीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

बनियानी, झापा।झापा जिल्लाको कचनकवल गाउँपालिका–७ सितागढीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। करिब ५०–५२ वर्षका अरुण राजवंशीको आफ्नै खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

Advertisement

पालिका उपाध्यक्ष नवराज भट्टराईका अनुसार, घटना बेलुका पानी लगाउने क्रममा भएको हो। मृतक राजवंशीकी श्रीमती माइत गएको र दुई छोरा वैदेशिक रोजगारमा रहेको अवस्थामा उनी एक्लै थिए। बिहान घर छेउमै मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

Advertisement

इलाका प्रहरी कार्यालय बनियानीको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ भने थप आवश्यक प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय झापालाई जानकारी गराइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article