समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा फोटो प्रतियोगिता र पत्रकारिता तालिम हुने

बिर्तामोड — राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखाले जिल्लास्तरीय फोटो प्रतियोगिता, प्रदर्शनी र फोटो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ।

Advertisement

समूहको हालै सम्पन्न कार्यसमितिको बैठकले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। समूहका अध्यक्ष नेत्रविक्रम बिमलीका अनुसार झापाभर क्रियाशील फोटो पत्रकारहरूलाई एकीकृत गर्दै उनीहरूको पेशागत विकासका लागि व्यावसायिक अवसरहरू सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको छ।

Advertisement

उनका अनुसार समूहले झापामा आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो। तालिम भदौको अन्त्यसम्म सञ्चालन गरिनेछ भने फोटो प्रतियोगिता तथा प्रदर्शनी असोज महिनाभित्र सम्पन्न गरिने कार्यतालिका तय गरिएको छ।

कार्यक्रम घोषणा गरिएको बैठकमा नेपाल पत्रकार महासंघ झापा शाखाका सह–सचिव तिलक योञ्जनको उपस्थिति रहेको थियो।

बैठकले संस्थालाई थप सक्रिय बनाउन तथा कार्यक्रम व्यवस्थापन गर्न समूहका उपाध्यक्ष सन्तोष न्यौपानेको संयोजकत्वमा समिति पनि गठन गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article