समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

देशभर मनसुन सक्रिय, झापाको दमक र अनारमनीमा भारी वर्षा, सतर्क रहन आग्रह

हल्दिबारी, साउन १८ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर मनसुन सक्रिय रहँदा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

Advertisement

विभागले जारी गरेको पछिल्लो वर्षा तथ्याङ्कअनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम स्तरको वर्षा मापन गरिएको छ। विशेषगरी पूर्वी नेपालका केही क्षेत्रमा भारी वर्षा भएको विभागले जनाएको छ।

Advertisement

गत राति उदयपुरको गाईघाट, झापाको दमक र अनारमनीस्थित वर्षा मापन केन्द्रहरूमा धेरै भारी वर्षा रेकर्ड गरिएको छ।

भारी वर्षाका कारण ती क्षेत्रका नदी तथा खोलाहरूमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन विभागले स्थानीय बासिन्दालाई आग्रह गरेको छ।

आज दिउँसो देशभर सामान्यतया आंशिकदेखि पूर्ण बदली रहनेछ भने अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कोशी प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको उल्लेख गरिएको छ।

आज रातिसमेत मौसम समान रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य तराई क्षेत्रका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

स्थानीय प्रशासन र बासिन्दालाई सतर्क रहन विभागले पुनः आग्रह गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article