समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा अवैध काठसहित ट्याक्टर नियन्त्रणमा, चालक पक्राउ

झापा । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–६, गौडा भित्री सडकखण्डमा साउन १६ गते अन्दाजी साँझ ७:३० बजेको समयमा ईलामबाट झापा तर्फ गइरहेको एक शंकास्पद ट्याक्टर गाडीलाई इप्रका बुधबारेबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको छ।

Advertisement

गस्ती टोलीले प्र. १–०१–००१ त ८५६० नम्बरको ट्याक्टर गाडीलाई रोकी जाँच गर्दा त्यसमा चिलाउने र सिमल जातका काठका गोलिया अवैध रुपमा लोड गरिएको फेला परेको हो। सो काठको कुनै कानुनी कागजात प्रस्तुत गर्न नसकेपछि चालक, झापा मेचीनगर नगरपालिका–८ निवासी ४४ वर्षीय रन्जित राजबंशीलाई समेत नियन्त्रणमा लिइएको हो।

Advertisement

उक्त ट्याक्टरमा लोड गरिएको कूल ४० थान गोलिया काठको परिमाण ४५ क्यूबिक फिट रहेको जनाइएको छ। हाल उक्त व्यक्ति, ट्याक्टर सवारीसाधन र काठलाई आवश्यक कारवाहीका लागि मिति साउन १८ गते जिल्ला वन कार्यालय झापा पठाइएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article