समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा चाँदीका गरगहना चोरी गर्ने दुई युवा पक्राउ

झापा, साउन १९ गते । झापा जिल्लाको झापा गाउँपालिका वडा नं. ३ स्थित लरेश मुर्मुको घरमा मिति २०८२ साउन १४ गते दिउँसो करिब १:०० बजे विभिन्न प्रकारका चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

चोरी सम्बन्धी सूचना प्राप्त भएपछि प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले तत्कालै खोजी कार्य प्रारम्भ गरेको थियो। अनुसन्धानको क्रममा सो चोरी कार्यमा संलग्न रहेका झापा गाउँपालिका वडा नं. ३ निवासी १९ वर्षीय निर्मल बराईली र सोही वडाका १९ वर्षीय दिपेश रसाईलीलाई मिति २०८२ साउन १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

पक्राउ परेका निर्मल बराईलीको घरबाट चोरी गरिएको सामग्रीहरुमध्ये चाँदीको चुरा (बाला) १ जोर, चाँदीको कल्ली १ जोर, चाँदीको बिच्छी (सिक्री) १ थान, पाउजु १ थान, चाँदीको सिक्री १ थान र चाँदीको औंठी ३ थान फेला पारिएको प्रहरीले जानकारी दिएको छ।

बरामद गरगहना र अभियुक्तहरूलाई आवश्यक कानुनी प्रक्रिया अनुसार नियन्त्रणमा लिइएको छ। उनीहरूलाई मिति २०८२ साउन १९ गते झापा जिल्ला अदालतमा पेश गरिई ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले चोरीका घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूबारे पनि थप अनुसन्धान गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article