समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीमा बिजुलीको तार चोर्दाचोर्दै फरार अधिकारी पक्राउ

हल्दीबारी ,झापा ।  हल्दीबारी गाउँपालिका–४ कुमाल बस्तीमा ट्रान्सफर्मरको अर्थिङ तार चोरी गर्ने क्रममा फरार भएकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

गत साउन २१ गते बिहान, दुई जना मे १० प ८१४७ नम्बरको निलो मोटरसाइकलमा आएर तार काट्दै गरेको देखेपछि स्थानीयले रोक्न खोज्दा उनीहरू मोटरसाइकल त्यही छोडेर भागेका थिए।

Advertisement

प्रहरीले मोटरसाइकलको आधारमा अनुसन्धान गर्दै बिर्तामोड–३ बिराटपोखरका करिब २५ वर्षीय अमृत अधिकारीलाई शुक्रबार दिउँसो जलथल प्रहरी चौकीबाट खटिएको टोलीले घरमै पुगेर नियन्त्रणमा लिएको हो।

घटनास्थलमा रहेका स्थानीयले पक्राउ परेका अधिकारी को पहिचान गरेपछी,पक्राउ परेका अधिकारी र मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ भने फरार अर्का व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article