साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : फर्किनेहरुलाई प्रश्न ? –वैरागी जेठा

हिजो शहर आएर भदगोल बनाए
आज फर्किरहेछन् उनीहरु
रोग फैलिएको हल्ला आउँने वित्तिकै
तिनीहरुले शहर छोड्नु पथ्र्यो
थुप्रै स्वरहरु ,विरोध र समर्थनमा उडिरहेछन्
कोही चौकामा पञ्जा हानिरहेछन्
कोही खान नपाएर चिच्याइरहेछन्
तिनका भावनाले घोच्छ
अरलिका काँडालेझैँ चिथरीरहेछ
भोकले फर्से भ्यागुत्ता भएकाहरु
निद्रा विथोलीरहेछन्
क¥या ङ कुरु ङ संगीत बजाइरहेछ
उनीहरु चौरमा ,बाटामा पल्टिरहेछन्
जबरजस्तीको यात्रामा
उनीहरु गाउँ फर्किएकाछन्
चियानझैँ सुनसान छ शहर
बचेखुचेका भीडहरु
छुचुन्द्राका तालमा निस्कन्छन्
उत्तेजना गराउँदै ,डोबाटाहरुलाई
गौँडामा उभिएका बर्दिधारीहरु
थकित थकित देखिन्छन्
गाउँफर्किएका सँग कुनै विश्वास छैन
उनीहरुको चेतना उनीहरुसँगै मरिरहेको छ
यतिबेला कसैलाई भेट्नु हुन्न
तैपनि उनीहरु हिँडीरहेछन्
आपसमा कुरा गर्नुहुन्न थाहाहुँदाहुँदै पनि
लकडाउनमा ढुक्कभएर
हावामा स्वास फ्याँकिँरहेछन्
विश्व शोकमा डुबीरहेछ
उनीहरु ,फर्किएकाछन् गाउँ
पैसा भएरपनि पैसा नभएका मालिकझैँ
सुतिरहेका मान्छेदेखेर ,हिनहिनाएर हाँसो उठ्छ
क्रन्दन जाग्छ
साथीहरुसँग टाढारहनु पर्ने
आजको समय
उनीहरु साथीसँगै बाटोलागिरहेछन्
तिनका मान्छे ,तिनीहरुको पर्खाइमा छैनन्
यसबेला
उनीहरुसँग पछिपछि कोरना हुन सक्छे
मृत्युलाई जित्न कठिन छ भन्ने जान्दा जान्दैपनि
गिट्टी छरिएझैँ असरेल्ल छरिएकाछन्
लकडाउनमा
आशङ्काले ओड्नी ओडिरहेको बखत
किन यात्रा गरिरहेछन्
जहाँ थिए ,त्यहीँ ठीक थियो नी
भोक फ्याँक्दै ,सडेको चाउचाऊ टोक्दै
नफर्किएको भए हुन्थ्यो ,ति मान्छेहरु
कोरनाले विश्व निल्न खोजिरहीछ
भन्दा भन्दै ,ननिस्केको भए हुने
पागलझैँ बौलाएका मानिसहरु
देखेर गम्भिर छ आँखा ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article