समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाका लोकराज ढकालसहित ‘रेडक्रसका चम्किला तारा’ सार्वजनिक

झापा । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रेडक्रसकर्मी पुष्पराज पौडेलको कृति ‘रेडक्रसका चम्किला तारा’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

Advertisement

२८८ पृष्ठको यस कृतिमा स्वदेशी र विदेशी गरी ५३ जना रेडक्रसका अग्रजहरूको जीवनयात्रा र योगदानको विस्तृत विवरण समेटिएको छ। पुस्तकमा झापा रेडक्रसका सभापति लोकराज ढकालको समाजसेवामुखी यात्रा र उपलब्धिलाई पनि विशेष स्थान दिइएको छ।

Advertisement

कार्यक्रममा शताब्दी पुरुष डा. गौरीशंकर लाल दासले पुस्तकको लोकार्पण गरे। कृतिमाथि वरिष्ठ साहित्यकार तथा समीक्षक हरिहर अधिकारी र दिव्यराज पौडेलले समीक्षा प्रस्तुत गरेका थिए।

कृतिकार पौडेलले लामो समय रेडक्रस सेवामा रहँदा विभिन्न प्रेरणादायी व्यक्तिहरूलाई नजिकबाट चिनेको अनुभव साझा गर्दै, यही प्रेरणाले पुस्तक लेख्ने चाहना जागेको बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article