हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा ‘एक युवा पाँच विरुवा’ अभियानअन्तर्गत वृक्षारोपण

झापा । राष्ट्रिय युवा संघ नेपालले ‘एक युवा पाँच विरुवा’ अभियानअन्तर्गत झापाको कनकाईमा वृक्षारोपण गरेको छ।

Advertisement

शनिबार कनकाई नगरपालिका–२ सुकेडाँगीस्थित जन्मोत्सव पार्कमा आम र लिचीका बिरुवा रोपिएका हुन्।

Advertisement

संघले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ नारासहित एक महिनासम्म निरन्तर वृक्षारोपण अभियान सञ्चालन गर्ने जनाएको छ। अभियान अन्तर्गत जिल्लाका सबै पालिकामा वृक्षारोपण गर्ने योजना रहेको केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज खगेन्द्रराज आङ्देम्बेले जानकारी दिए।

कार्यक्रममा नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, कनकाई नगरप्रमुख राजेन्द्र कुमार पोखरेल, सामुदायिक वन अध्यक्ष बलराम रिजाललगायतको उपस्थिति थियो। वक्ताहरुले जलवायु परिवर्तनका चुनौतीबीच वृक्षारोपण अभियानले प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

कार्यक्रम जिल्ला अध्यक्ष फूर्वा लामाको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन युवा नेता विनोद रानाले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)