समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कनकाईमा श्रीकृष्ण जन्माअष्टमी विशेष धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

झापा, भदौ १ । कनकाई नगरपालिका–७ स्थित सगुन पार्टी प्यालेसको सभाहलमा शनिबार एक भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नवजागरण सामाजिक एकता क्लब र लियो क्लब अफ कनकाई दुर्गापुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा श्रीकृष्ण जन्माअष्टमी विशेष धार्मिक प्रवचन एवं बृहत् सांस्कृतिक प्रस्तुति गरिएको हो।

Advertisement

कार्यक्रम नवजागरण सामाजिक एकता क्लबका अध्यक्ष रिजन तिम्सिनाको अध्यक्षतामा तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा नं. ७ का वडाध्यक्ष भीष्म भूषण सिटौला, नगर कार्यपालिका सदस्यहरू, साहित्यिक चौतारी झापाका अध्यक्ष, बजार व्यवस्थापन समितिका प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा जनप्रतिनिधिहरूको समेत विशेष उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा आचार्य पण्डित रसिक रिवाजद्वारा कृष्ण लिला प्रवचन गरिएको थियो। त्यस्तै, तीज विशेष नृत्य, सप्तक संगितालयका विद्यार्थीहरूको गायन, कविता वाचन, सांस्कृतिक नृत्य लगायतका विविध प्रस्तुति गरिएको थियो।

महिला समूह, कीर्तन समूह, विद्यार्थी तथा स्थानीयवासीसहित करिब १५० बढीको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य अन्कुर उप्रेतीले प्रस्तुत गरेका थिए भने लियो क्लब अफ कनकाई दुर्गापुरका द्वितीय उपाध्यक्ष गप्पु अग्रवालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए। कार्यक्रम सञ्चालन नवजागरण सामाजिक एकता क्लबका सचिव प्रकाश गौतमले गरेका थिए।

कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि पोख्रेलसहित अन्य वक्ताहरूले यस प्रकारको धार्मिक र सांस्कृतिक कार्यक्रम युवाहरूको सक्रिय पहलमा आयोजना हुनु सकारात्मक संकेत भएको भन्दै खुसी व्यक्त गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article