स्वास्थ्य
हल्दिबारी संवाददाता १२ महिना अगाडि

गोरखामा स्वयंसेवी रक्तदाता समाजको संगठन विस्तार

गोरखा । ‘रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस्’ भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाजले गोरखामा आफ्नो संगठन विस्तार गरेको छ।

Advertisement

शनिबार गोरखा नगरपालिका–११ को सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका राष्ट्रिय अध्यक्ष तथा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा सात सदस्यीय गोरखा नगरपालिका तदर्थ समिति गठन गरिएको हो।

Advertisement

समितिको संयोजकमा मनोज पोखरेल चयन भएका छन् भने सदस्यहरूमा धनबहादुर गुरुङ, अर्जुन खड्का, विशाल देवकोटा, विनय बराम, विशाल कुमाई र इन्द्रप्रसाद अंगाई रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले नवनिर्वाचित पदाधिकारीलाई संस्थाको प्रतीक चिह्न (ब्याज) अर्पण गर्दै बधाई तथा शुभकामना दिएका थिए। उनले रगतको कुनै विकल्प नभएको उल्लेख गर्दै स्वयंसेवी रक्तदाताहरूको सञ्जाललाई देशभर विस्तार गर्नुको आवश्यकता औंल्याए।

“रगतको विकल्प भनेको रक्तदानमार्फत उपलब्ध हुने रगत नै हो,” उनले भने, “त्यसैले हामी स्वयंसेवी रक्तदाताहरूलाई जिल्ला, पालिका र वडा तहसम्म संगठित गर्दै मानवीय सेवामा जोड्न खोजिरहेका छौं।”

सो अवसरमा समाजका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष रामबहादुर खड्काले जिल्लाभर रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन क्रमशः अन्य पालिका र वडामा पनि समिति विस्तार गर्ने योजना रहेको जानकारी दिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article