हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी गाउँपालिका कार्यालयमा विद्युत बक्समा आगलागी

हल्दीबारी गाउँपालिका कार्यालयमा विद्युत बक्समा आगलागी

Advertisement

झापा । मिति २०८२ भदौ २ गते बिहान ११:३० बजे हल्दीबारी गाउँपालिका–स्थित कार्यालय परिसरमा जडान गरिएको TOD मिटर बक्समा अचानक सर्ट सर्किट भई आगलागी भएको छ।

Advertisement

आगलागी भएको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी कंचनश्रीको टोली घटनास्थल पुगेको थियो। नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ।

आगलागीका कारण तार र TOD मिटर जलेर नष्ट भएको भए पनि मानवीय तथा पशुपालन सम्बन्धी कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)