हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीका चिया किसानलाई टि–लुपर नियन्त्रणका लागि स्प्रे ट्याङ्की र औषधि सहयोग

झापा । हल्दीबारी गाउँपालिकाभित्रका चिया कृषकहरू पछिल्लो समय चियाबारीमा फैलिएको टि–लुपर किराको प्रकोपका कारण समस्यामा परेका छन्।

Advertisement

यसै समस्याको न्यूनीकरणका लागि पालिकाले स्प्रे ट्याङ्की र आवश्यक औषधि वितरण गरेको हो। पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनका अनुसार साना किसानलाई मध्यनजर गर्दै वाणिज्य सङ्घको पहलमा यो सहयोग उपलब्ध गराइएको हो।

Advertisement

सहयोग पाउने किसानहरू हल्दीबारीमा सञ्चालित साना किसान चिया उत्पादक सहकारी संस्था, पारखोपी चिया उत्पादक सहकारी संस्था, तुलसीबारी टी प्रोसेसिङ र कामाक्षा देवी टी प्रालि अन्तर्गतका कृषकहरू रहेका छन्।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले कृषकको क्षति न्यूनिकरणका लागि बाली संरक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा पावर स्प्रे ट्याङ्की र केमिकल वितरण गरिएको जानकारी दिए।

यस्तै, हल्दीबारी उद्योग वाणिज्य सङ्घका महासचिव कृष्ण प्रसाईंले पालिकाले चिया किसानको मर्म बुझेर सहयोग गरेकोमा आभार व्यक्त गर्दै चियाबारीमा किराको नियन्त्रण हुने र कृषकलाई राहत पुग्ने अपेक्षा व्यक्त गरे।

चियामा समस्या देखेपछि यहाँका किसानहरुले पालिकालाई ध्यानाकर्षण समेत गराएका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)