समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारिमा राष्ट्रिय युवा संघ नेपालको दोस्रो अधिवेशन भाद्र १४ गते हुने

झापा । नेकपा एमालेसँग सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको दोस्रो अधिवेशन यही भाद्र १४ गते शनिबार हल्दिबारीस्थित पार्टी कार्यालयको सभा हलमा सम्पन्न हुने भएको छ।

नेकपा एमाले पालिका कमिटीको निर्देशनअनुसार अधिवेशनलाई भव्य बनाउन आज बसेको पालिका कमिटीको बैठकले विभिन्न उपसमिति गठन गरेका छन्। जसअनुसार आर्थिक व्यवस्थापन, प्रचार–प्रसार, अतिथि सत्कार र प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ।

पालिकाका पाँच वडाबाट २९ जना प्रतिनिधि र आयोजक समितिका प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन्। अधिवेशनमार्फत आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिने कमिटीका अध्यक्ष सर्वधन तामाङले जानकारी दिए।

बैठकमा पालिका कमिटीका अध्यक्ष, सचिवसहितको उपस्थिति रहेको थियो। अधिवेशनलाई सफल र भव्य बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै कमिटीका सचिव चिरन ढुङ्गेलले आग्रह गरे।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)