समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

उद्धार कार्यमै संलग्न व्यक्ति चोरिमा पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेका व्यक्तिको उद्धार कार्यमा संलग्न दुई जना नै सुन चोरीमा संलग्न रहेको घटना सार्वजनिक भएको छ।

Advertisement

२०७९ साउन २९ गते कमल गाउँपालिका–६ बस्ने ३० वर्षीय मनोज लिम्बु स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए। स्थानीयवासीले उनलाई उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल पुर्‍याउने क्रममा लिम्बुले लगाएको ५६ ग्राम २५ मिलिग्राम तौलको सुनको सिक्री हराएको भन्दै साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेसमक्ष उजुरी दिएका थिए।

Advertisement

प्रहरीले अनुसन्धान थालेपछि उक्त सिक्री उद्धार कार्यमै संलग्न शिवसताक्षी नगरपालिका–८ बस्ने २८ वर्षीय सुरज हलुवाई र सोही क्षेत्रका २६ वर्षीय गोबिन हाङ लिम्बुले चोरी गरेको खुल्न आएको हो। प्रहरीले साउन ३२ गते बेलुकी करिब ६:३५ बजे गणेशचोकबाट ३९ ग्राम २२ मिलिग्राम तौलको सुनको टुक्रा र नगद ३० हजारसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरू विरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम चोरी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत झापाबाट ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article