झापा, भदौ २ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–६ बुट्टावारीमा रहेको एक चिया पसलमा गएराति आगलागी भएको छ।

स्थानीय लाल ब. तामाङले सञ्चालन गरेको बाँस र काठले बनेको टिन छानो भएको पसलमा राति करिब ११:५५ बजे अचानक आगलागी भएको हो। विद्युतिय चुलोमा तार सर्ट हुँदा आगो सल्किएको अनुमान गरिएको छ।

आगलागीबाट पसलभित्र रहेका काठ र प्लास्टिकका टेबल, फ्रिज, तथा किचनका अन्य सामग्री जलेर करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
स्थानियबासी, प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो राति १२:२५ बजे नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सांकेतिक तस्बिर