समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

विश्व फोटोग्राफी दिवसमा अध्यक्ष वन्तको एकल फोटो प्रदर्शनी

काठमाडौं । १८६औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले आइतबार काठमाडौंको हनुमानढोका परिसरमा एकल फोटो प्रदर्शनी आयोजना गरेको छ।

Advertisement

‘Flight and Frame’ शीर्षकको सो प्रदर्शनीमा समूहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले खिचेका करिब ६० फोटो प्रदर्शनमा राखिएका थिए। वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्री कार्यकालमा अफिसियल फोटो पत्रकारका रूपमा खिचेका तस्वीरमध्ये धेरैजसो नेपालका भौगोलिक तथा पर्यटकीय क्षेत्रहरू हेलिकप्टरबाट उतारिएका हुन्।

Advertisement

यसरी एकल प्रदर्शनी आयोजना गर्नु समूहकै पहिलो प्रयास हो। संस्थाले आगामी दिनमा अन्य सदस्यहरूको पनि प्रदर्शनी गर्ने योजना रहेको जनाएको छ।

फोटो पत्रकार वन्त राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार समेत हुन्। प्रदर्शनीको उद्घाटन संस्थाका पूर्वअध्यक्ष मिनरत्न बज्राचार्य र कविन्द्रमान शाक्यले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा पत्रकार, फोटोपत्रकार, फोटोग्राफर, सञ्चारकर्मी र स्थानीयवासीसहित स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको थियो।

समूहका महासचिव घनश्याम श्रेष्ठले प्रदर्शनीले विश्व फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउने तथा फोटो पत्रकारिताको योगदानलाई समाजमा अझ प्रष्ट्याउने विश्वास व्यक्त गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article