हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पर्वत–संगीताले दिए मन्दिरलाई फलामे गेट

बिर्तामोड । कोशी प्रदेशका अगुवा लेखापढी कानुन व्यवसायी पर्वत कार्कीले आज बिर्तामोड ९ स्थित पञ्चकन्या सिंहदेवी मन्दिरको लागि फलामे गेट हस्तान्तरण गर्नुभएको छ ।

Advertisement

सो मन्दिरको वरिपरी पक्की घेराबारा गरिसकिएको भएपनि मूल गेट खुल्ला रहेकाले व्यवसायी कार्कीले ३०० केजीभन्दा धेरैको फलामे गेट तयार गरी मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।

Advertisement

पत्नी संगीता थापाको जन्मदिनको शुभ अवसरमा कार्की दम्पत्तीले मन्दिर परिसरमा नै गएर अध्यक्ष खेम अधिकारीसहित समितिका पदाधिकारीहरुलाई उक्त फलामे गेट हस्तान्तरण गर्नुभएको हो ।

मन्दिर व्यवस्थापन समितिका सचिव नन्दुराम दाहाल तथा स्थानीय समाजसेवीहरु एवम् देवराज नेपाल, तुलसीराम काफ्लेलगायतको उपस्थितिमा उक्त फलामे गेट प्रदान गरिएको हो ।

सो अवसरमा दाता कार्कीले भन्नुभयो, ‘विगत वर्षहरुमा जन्मदिनको खुसीयालीमा फजुल खर्च गरी मनोरञ्जन लिने दिने गरिन्थ्यो तर समाजका विभिन्न पक्षहरुमा यस्तो रकम खर्चियो भने समाजको उत्थान हुने बुझेर नै श्रीमतीको जन्मोत्सव पारेर मन्दिरको आवश्यकता अनुसार गेट हस्तान्तरण गरेका छौं ।’

गेट ग्रहरण गरिसकेपछि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेम अधिकारीले सानो सानो सहयोगले पनि मन्दिरजस्तो समुदायको गहनालाई सजाउन र जोगाउन सकिने भएकोले कार्की दम्पत्तीले प्रदान गरेको फलामे गेट मन्दिरको लागि महत्वपूर्ण सहयोग भएको बताउँदै दाता परिवारलाई आभारसहित कृततज्ञता व्यक्त गर्नुभयो ।

उक्त संक्षिप्त कार्यक्रमको सहजीकरण तुलसीराम काफ्लेले गर्नुभएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)