धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाथीभरा माताले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल (२०८२/०५/०४ गते)

आज २०८२ साल भदौ ४ गते बुधबारको राशीफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिद्वन्दीहरूलाई पछाडि पार्न सफल भइनेछ। चिताएका कार्य समयमा सम्पादन गर्न सकिनेछ। शत्रुहरू परास्त हुनेछन्। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्न गारो हुनेछ। नयाँ कार्य थाल्नु भन्दा अघि पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन मात्र दिनेहरूले झुक्याउन सक्नेछन्। आजको शुभ हल्का सेतो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारको साथ र सहयोगले मन प्रफुल्लित रहनेछ। कार्यक्षेत्रमा आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ। व्यापार व्यवसायमा विषय वस्तुलाई राम्ररी बुझेर निर्णय लिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा नयाँ जिम्मेबारी थपिनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। विश्वास पात्रको सहयोग मिल्नाले आत्मबल बढ्नेछ। समाजमा मानसम्मान पाइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले समस्याहरू सुल्झिनेछन्। आफ्नो कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। स्वादिष्ट भोजन को आनन्द मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनेछन्। संचित धनमा वृद्धि हुनेछ। पुराना उपलब्धि नोकरी वा पेशामा पदोन्नतिमा सहायक हुनेछन्। समाजमा नयाँ जिम्मेवारी मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक शंका हितकारी नहोला। अधिकारीहरूको अगाडी प्रतिभा देखाउने अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेकोछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षत्रमा समयमा कार्य सम्पादन गर्नमा सफल भइनेछ। नोकरी वा पेशामा शुभचिन्तकहरूको सहयोगले रोकिएका कार्य प्रारम्भ हुनेछन्। नयाँ कार्यको जग बसाउने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गोप्य योजनाहरू अगाडी बढाउनमा सफलत मिल्नेछ। व्यापार व्यवसायमा आत्तिएर कुनै निर्णय नलिनुहोला। आत्मविश्वासको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो अनुकूलतामा सबै कार्य सम्पादन गर्न सकिनेछ। बोलिको माध्यमले कार्य सिद्ध हुनेछन्। तपाईँको विचारलाई सम्मान मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा समझदारीले नयाँ निर्णयहरू लिनुहोला नत्र समस्यामा पर्न सक्नुहुन्छ। घरपरिवारमा चित्त नबुझेको कुरामा छिट्टै प्रक्रिया नदिनुहोस्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article