समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा २१ वर्षीय युवकको मृत्यु

झापा । झापा जिल्लाको कमल गाउँपालिका–३, खानपानी टोल निवासी २१ वर्षीय उज्वल राईको करेन्ट लागी मृत्यु भएको छ।

Advertisement

आज दिउँसो करिब १४:०० बजेतिर ढ्याङ्ग्री खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा रंजित राईका छोरा उज्वल राई आफैंलाई करेन्ट लागी घाइते भई लडी रहेका अवस्थामा आफन्तले देखेका थिए। घटनाबारे प्रचौ केरखामा जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेर उनलाई तत्काल उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पुर्‍याएको थियो।

Advertisement

तर, अस्पतालमा करिब १५:०० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। मृतकको शव हाल दमक अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीका अनुसार यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article