समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

झापाका दुई प्रमुख प्रशासकीय अधिकृतको सरुवा

झापा । झापाका दुई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (प्रशा.अ.) एक अर्काे पालिकामा सरुवा भएका छन्।

Advertisement

झापा गाउँपालिकाका प्रशा.अ. गजेन्द्र थपलिया बाह्रदशी गाउँपालिकामा पुगेका छन् भने बाह्रदशीका प्रशा.अ. जनार्दन निरौला झापा गाउँपालिकामा सरुवा भएका छन्। दुवैले आजै नयाँ पालिकामा पदस्थापनसमेत गरेका छन्।

Advertisement

स्थानान्तरणसँगै दुबै पालिकाका अध्यक्ष तथा जनप्रतिनिधिहरूले स्वागत र विदाइ कार्यक्रमको आयोजना गरेका थिए। आर्थिक पारदर्शिता, स्थानीय विकास तथा जनसहभागितामा अबल मानिएका थपलिया र निरौलाले आफ्नो-आफ्नो नयाँ जिम्मेवारीमा पनि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

आर्थिक वर्ष २०७९/८० मा झापा गाउँपालिका ‘झापाकै कम बेरुजी हुने’ गाउँपालिकामा पहिलो स्थानमा परेको थियो। त्यसैगरी २०८०/८१ मा बाह्रदशी गाउँपालिका पनि कम बेरुजी हुने पालिकामध्ये पहिलो स्थानमा परेको हो। यी उपलब्धिहरूमा तत्कालीन प्रशा.अ. थपलिया र निरौलाको सक्रियता मुख्य कारणका रूपमा लिइन्छ।

स्थानीय तहलाई आर्थिक र प्रशासनिक रूपमा सबल बनाउन दुवै प्रशासकीय अधिकृतले योगदान पुर्‍याउँदै आएका छन्। उनीहरूको नयाँ पालिकामा पनि विकास र सुशासनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article