समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

ढडुवा युवा क्लबको तीज विशेष कार्यक्रम सम्पन्न, बाल गायिका निर्देशिका आछामी सम्मानित

झापा। हल्दिबारी गाउँपालिका–३ मा सक्रिय ढडुवा युवा क्लब परिवारले हरितालिका तीजको अवसर पारेर आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रममा द भ्वाइस अफ किड्स सिजन–४ सेमिफाइनलिस्ट निर्देशिका आछामीलाई विशेष सम्मान गरिएको छ।

Advertisement

गायिका आछामीलाई क्लबले नगद, दोसल्ला र कदरपत्रद्वारा सम्मान गर्दै उनको कलात्मक यात्राको प्रशंसा गरेको हो। कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष विष्णु प्रसाद ओलीले क्लबको सामाजिक रुपान्तरणका लागि गरिएको योगदानको प्रशंसा गर्दै तीजको शुभकामना व्यक्त गरे। कार्यक्रममा वडा सदस्य अजित कुमार बिष्ट, कर्ण भण्डारी, विष्णुमाया तिम्सिना ढुङ्गेल, जलथल प्रहरी चौकीका प्रमुख, महिला दिदीबहिनी, विद्यार्थीलगायत सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

Advertisement

वडा सदस्य तिम्सिनाले महिला दिदीबहिनीलाई लक्षित गरी हरेक वर्ष आयोजना हुने तीज विशेष कार्यक्रमका लागि धन्यवाद ज्ञापन गरिन्। २०० भन्दा बढी महिला सहभागी रहेको कार्यक्रममा गीत, नृत्य र रमाइलो संगै गायिका आछामीले आफ्ना प्रस्तुति मार्फत दर्शकलाई मन्त्रमुग्ध पारिन्।

यसै अवसरमा आयोजित म्युजिकल चेयर प्रतियोगितामा प्रथम सिता बिष्ट, दोस्रो होमा बराल, र तेस्रो शान्ता खत्रीले स्थान प्राप्त गर्दै नगद पुरस्कार हात पारे। कार्यक्रम क्लब अध्यक्ष कुल बहादुर न्यौपानेको अध्यक्षता र सचिव अभिषेक खतिवडाको सञ्चालनमा सम्पन्न भएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article