समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

झापामा ब्राउन सुगरसहित ६ जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका–८ मा प्रहरीले छापा मारेर प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

Advertisement

प्रहरीका अनुसार, भदौ ८ गते साँझ करिब साढे ७ बजे स्थानीय राज श्रेष्ठको घरमा ब्राउन सुगर बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उक्त कारबाही गरेको हो।

Advertisement

छापामारीका क्रममा २०.४८ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, विभिन्न कम्पनीका ८ थान मोबाइल फोन, नगद १४ हजार १७० रुपैयाँ, साथै खुकुरी, पिलास र स्क्रुड्राइभर समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेकामध्ये भद्रपुरका अलताप सेख, रमित राजवंशी, सुमित पासी र राज श्रेष्ठ रहेका छन्। त्यस्तै धादिङ रुवीभ्याली गाउँपालिकाका गुम लामा र काठमाडौं तारकेश्वरका न्यान्जी तामाङ पनि पक्राउ परेकामा छन्।

प्रहरीले पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article