समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

कचनकवलमा करणी अभियोगमा दुई जना पक्राउ

झापा जिल्लाको कचनकवल गाउँपालिका–७ बस्ने १७ वर्षीया नाबालिगलाई त्यही स्थानका ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङले भदौ ५ गते बेलुकी करिब ६ बजेको समयमा पाथीभरा सामुदायिक वनमा ललाई–फकाई तथा डर त्रास देखाई जबरजस्ती करणी गर्ने प्रयास गरेको अभियोग लागेको छ।

Advertisement

यस सम्बन्धमा प्राप्त सूचनाको आधारमा प्रहरीले भदौ  ८ गते दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको थियो। आज जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई सम्मानित जिल्ला अदालतमा पेश गर्दा अदालतले ५ दिनको म्याद दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article