कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार

झापा — चलचित्र पत्रकार संघ नेपाल झापा शाखाले पहिलो अधिवेशनको अवसरमा सम्मान र पुरस्कार दिने घोषणा गरेको छ। अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा बसेको बैठकले आगामी कात्तिकमा हुने अधिवेशनमा ‘चलचित्र पत्रकारिता सम्मान’ र ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो।

संघका अनुसार झापामा रहेर चलचित्र पत्रकारितामा योगदान गर्ने एक जना पत्रकारलाई ११ हजार १५१ रुपैयाँसहित सम्मान गरिनेछ भने अर्को एक जनालाई पाँच हजार १५१ रुपैयाँसहित प्रोत्साहन पुरस्कार दिइनेछ।

बैठकले अस्मिता साँखीलाई कोषाध्यक्षमा र सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाई तथा टिकाराम बाँस्तोलालाई सदस्यमा चयन गरेको छ। संघले अधिवेशनकै अवसरमा नयाँ सदस्यता वितरण गर्ने पनि जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)