अर्थ
हल्दिबारी संवाददाता १२ महिना अगाडि

हल्दीबारीको गोलधापमा बजार अनुगमन :अखाद्य सामान नष्ट, कानुनी कारबाहीको चेतावनी

झापा, हल्दीबारी – हल्दीबारी गाउँपालिकाले शुक्रबार वडा नं. १ गोलधाप बजार क्षेत्रमा गरिएको बजार अनुगमनमा करिब ३० वटा पसलहरूको निरीक्षण गरेको छ।

Advertisement

अनुगमनका क्रममा केही खाद्यान्न पसलमा अखाद्य वस्तु बिक्री वितरण भइरहेको पाइएको र तत्कालै नष्ट गरिएको पालिकाले जनाएको छ।

Advertisement

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रको नेतृत्वमा पुगेको टोलीले पसलहरूमा आवश्यक कागजात चेक गर्नुका साथै सुधारका लागि पत्र समेत व्यवसायीलाई बुझाएको थियो।

प्रमुख प्रशासकीय अधिकृत  महेन्द्रका अनुसार उपभोक्ताको अधिकार सुनिश्चित गर्न र बजारलाई व्यवस्थित बनाउन अनुगमनलाई थप तीव्र बनाइएको छ। उनका अनुसार आउँदो केही दिनमै गोलधापका अन्य पसलहरूमा पनि अनुगमन गरिनेछ।

व्यवसायीहरूले बिना अनुमति अखाद्य सामग्री, औषधि तथा अन्य सामान बिक्री वितरण गरेको गुनासो बढेपछि पालिकाले अनुगमनलाई कडाइका साथ अघि बढाएको हो। सार्वजनिक सूचना दिएर अनुगमन हुने जानकारी दिँदासमेत व्यापारीहरूले अटेर गर्दै अखाद्य वस्तु बिक्री गरेको पाइएको पालिकाको भनाइ छ।

यसै क्रममा मूल्यसूची, होल्डिङ बोर्ड, बिल–रसिद र आवश्यक कागजात राख्न अनिवार्य गरिएको छ। प्रक्रिया पूरा नगरेका पसललाई तीन दिनभित्र वडा कार्यालयमा कागजात बुझाउन निर्देशन दिइएको छ।

अनुगमन टोलीमा जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल विभाग, हल्दीबारी उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, गाउँपालिका शाखा प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। तर, दुई घण्टा लामो अनुगमनको क्रममा बजारमै रहेको गोलधाप प्रहरी चौकीका प्रतिनिधि भने उपस्थित नभएकोप्रति स्थानीयले असन्तोष जनाएका छन्।

गोलधापबासीले प्रहरी चौकीकै प्रतिनिधि नदेखिनु सुरक्षा सुनिश्चितताप्रति गम्भीर प्रश्न उठाउने विषय भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन माग गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article