धर्म
हल्दिबारी संवाददाता ११ महिना अगाडि

शनिदेवले सबैको मनोकांक्षा पुरा गरुन, हेर्नुहाेस राशिफल (२०८२/०५/१४ गते)

आज २०८२ साल भदौ १४ गते शनिबारको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सेवामूलक कामबाट लाभ प्राप्त हुनेछ। ठेकापट्टा सम्बन्धी कार्यमा विशेष स्थान प्राप्त होला। जीवनसाथीसँग पुराना कुरालाई लिएर विवादको स्थिति उत्पन्न हुन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम सम्बन्ध सुमधुर रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। मनोबल बढ्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। चिताएका कार्य पूरा हुनेछन्। प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सक्नुहुनेछ। प्रभावशाली व्यक्तिसँग भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। प्राविधिक कार्यबाट सफलता मिल्ला। चिताएका कार्य समयमा सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घर परिवारमा रमाइलो समय बित्नेछ। आफूभन्दा ठूलाको साथ मिल्नेछ। सामाजिक सञ्जाल वा चलचित्रको क्षेत्रमा विशेष सफलता मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरिएको कामको उचित प्रतिफल पाइनेछ। चुनौती पन्छाएर नयाँ कार्यको जग बसाउने समय रहेको छ। पहिलाका उपलब्धिले थप उत्साह दिलाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। सापटी दिनबाट बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा बुद्धि र विवेकको उपयोगले अगाडि बढ्न सफल भइनेछ। युवा वर्गहरूलाई करियर बनाउन नयाँ अवसर प्राप्त हुनेछ। मनमा असन्तोषको भावना जागृत हुन सक्छ सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यक्तित्वमा निखार ल्याउने समय रहेको छ। स्वास्थ्यले साथ दिनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आध्यात्मिक ज्ञानमा रुचि बढ्नेछ। अवसरवादीहरूले झुक्याउन सक्लान्। स्वास्थ्यमा ध्यान दिनुहोस्। नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा उन्नतिका योग छन्। आर्थिक कारोबारमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। कर्मयोगको विचारधारा मानसम्मान दिलाउन सहायक हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरको कार्यमा धन खर्च गर्नुपर्ला। व्यापारमा हिसाब किताब गर्दा सावधान रहनुहोस्। ज्ञानलाई निखार्ने समय रहेको छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article