हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

अलैँची महासंघको अध्यक्षमा पाँचथरका दिपक नेपाल निर्वाचित

बिर्तामोड, भदौ १४ । नेपाल अलैँची व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा पाँचथर फिदिमका व्यवसायी दिपक नेपाल निर्वाचित भएका छन्। झापाको बिर्तामोडमा सम्पन्न महासंघको पाँचौँ महाधिवेशनले उनलाई सर्वसम्मत चयन गरेको हो।

Advertisement

नेपाल महासंघका संस्थापक द्वितीय उपाध्यक्ष तथा पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुन्।

Advertisement

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, उपाध्यक्षमा मातृका घिमिरे र सुजित वंशल, महिला उपाध्यक्षमा कुसुम दाहाल, महासचिवमा प्रज्वल बिमली, सचिवमा सञ्जीव घिमिरे र प्रेमकुमार राई, तथा कोषाध्यक्षमा रामकृष्ण विष्ट निर्वाचित भएका छन्।

अलैँची उत्पादन हुने ४३ जिल्लासहित देशभर सक्रिय यो महासंघको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा छ भने १६ जिल्लामा शाखा कार्यालयहरू रहेका छन्। वैधानिक प्रावधानअनुसार महाधिवेशनमा २३१ जना प्रतिनिधिको सहभागिता हुने व्यवस्था छ।

नव निर्वाचित २१ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्ष १ जना, कृषि तथा वाणिज्य उपाध्यक्ष १ जना, महिला उपाध्यक्ष १ जना, महासचिव, २ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ। साथै, समितिमा न्यूनतम ६ जना महिला सदस्य रहने प्रावधान समेत छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)