धर्म
हल्दिबारी संवाददाता ११ महिना अगाडि

पाउ पाथिभराकाे दर्शन संगै तपाईंको आजकाे राशिफल (२०८२/०५/१५ गते)

आज २०८२ साल भदौ १५ गते आईतबार, तपाईको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलिको विपरीत अर्थ लाग्न सक्छ सावधान रहनुहोस्। आयस्रोत बढाउनको लागि नयाँ सम्झौता गर्नुपर्ला। शारीरिक कमजोरीको अनुभवले कार्यक्षेत्र बाधित हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक दायित्व निर्वाहमा बाधा आउनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। शत्रुहरू सक्रिय रहनेछन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा नयाँ प्रयोगबाट सफलता प्राप्त गर्न सक्नुहुनेछ। प्रशानिक सहायताले अड्केको कार्य बन्नेछ। यात्रा गर्दा अपरिचित व्यक्तिको छिट्टै विश्वास नगर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारकी इच्छा आकांक्षाको पूर्तिको लागि धन खर्च हुनेछ। नयाँ योजनाहरू गुप्त राख्नुहोस्। साझेदारी व्पारमा लाभ रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक रोजगारमा लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। अवसर प्राप्त भएतापनि उपलब्धि प्राप्त गर्नको लागि समय लाग्नेछ। नैतिक मूल्यलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको थालनी गर्ने योजना सफल हुनेछ। समाजमा पदप्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। प्रशासनिक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारमा लाभ मिल्नेछ। दाम्पत्य जीवनमा जीवनसाथीको कुरालाई वेवस्था नगर्नुहोस्। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परीक्षाको परिणाम अनुकूल आउनेछ। कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। कार्यस्थलमा विवादास्पद मामिलाहरूबाट बच्नुहोस। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहकर्मीहरूसँग विवादको समस्या सुल्झिनेछ। सकारात्मक भएर निर्णय लिनुहोला सफलता मिल्नेछ। सुनियोजित ढंगले कार्य गर्नको लागि कार्यमा आफ्नो ध्यान केन्द्रित राख्नुहोस। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समयमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। योग्यताको उचित मूल्यांकन मिल्नेछ। परिवारमा अनुभवी व्यक्तिको कुरालाई वेवास्था नगर्नुहोस्। तकनीकि मशीनबाट लाभ उठाउन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समय वा परिस्थिति अनुसार कार्य र योजनामा फेरबदल गर्नुपर्ला। रोजगारीका नयाँ अवसर मिल्नेछन्। धैर्य राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा परोपकारको भावना जागृत हुनेछ। कार्यक्षेत्रमा रोकिएको काम अगाडी बढ्नेछ साथै जिम्मेवारी बढ्नेछ। व्यापारमा प्रशस्त फाइदा उठाउन सकिएला। अनुभवी व्यक्तिसँगको भेटघाटले काममा उत्साह जाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article