हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मनकामना माताले हामी सबैको रक्षा गरून्, हेर्नुहाेस आजकाे राशिफल (२०८२/०५/१९ गते)

आज २०८२ भदौ १९ गते विहीवारको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक आयोजनाहरूमा भाग लिने अवसर मिल्नेछ। साझेदारी व्यापारमा हुनुहुन्छ भने एक्लै निर्णय नलिनुहोला। शुभचिन्तकहरूको साथले नयाँ योजना सफल हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनीतिक सम्पर्कबाट निजी काम बनाउन सक्नुहुनेछ। यात्रामा आकस्मिक परिवर्तनले आर्थिक नोक्सान ल्याउनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

Advertisement

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारमा भावनात्मक स्थिति मजबुत हुनेछ। मित्रहरूको साथमा घुमफिरमा समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा अनुभवी व्यक्तिको साथले कार्य समयमा सम्पादन हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमनले खुसीको माहौल रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ पाइएला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाजमा मान प्रतिष्ठा बढ्नेछ। नयाँ नोकरीको प्रस्ताव आउनेछ। धार्मिक कार्यहरूमा व्यस्तता बढ्नेछ। आफ्नो अनुकूल परिस्थिति बनाउन सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभ समाचार सुन्न पाइएला। निजी सम्पर्कले व्यावसायिक लाभ रहनेछ। कार्यक्षेत्रमा कार्यकुशलताको चर्चा हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दुविधाको स्थितिमा कुनै निर्णय नलिनुहोला। अरुको कुरा सुन्नु भन्दा स्वाविवेकले निर्णय लिनुहोस्। स्वास्थ्यलाई लिएर खानपानमा सजग रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक विवाद सुल्झ्याउन सकिएला। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। इष्ट मित्रहरूबाट सोचेजस्तो सहयोग नपाइएला। कार्यक्षेत्रमा नयाँ योजनाहरू सफल हुनेछन्। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ७ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सरकारी योजनाको लाभ उठाउन सकिएला। सवारी साधन चलाउँदा कागजात जाँच गर्नुहोस्। नयाँ निर्णय लिनुभन्दा अघि मातापितासँग परामर्श गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्य प्रारम्भ गर्नु भन्दा अघि कागजात अवश्य जाँच गर्नुहोस्। ऋण फिर्ता लिने समय रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा भागदौडले शरीरमा थकान महसुस हुनेछ। उच्च अध्ययनको लागि प्रोत्साहन मिल्नेछ। आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा आजको मेहनतले भविष्यमा लाभ र प्रतिष्ठा कमाउन सकिनेछ। भौतिक संसाधन संग्रह गर्ने योग छ। रचनात्मक कार्यमा जुडेर आफ्नो प्रतिभालाई प्रदर्शन गर्न सक्नुहुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)