साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भोक कविता आन्दोलन- २ ” तिम्रो र हाम्रो सपना ” देवेन्द्रकिशोर ढुंगाना

आस्थाको धरहरा टेकेर,
रगतको व्यापार गर्ने गद्दारहरु,
हाम्रा आवाजहरुलाई –
बन्दुकको मोजल देखाएर,
निस्तेज पार्न खोज्छन भने,
प्रतिकृयावादीहरुका बिरुध्द,
न्याय र अधिकारका लागि,
र देश(एउटा क्रान्तिको उदघोष गरौ,
दासताको नयाँ साङलोलाई तोडन,
मुक्ति र समानताको नारा घन्काउँ ।
तिमी बाटो छेक्ने पहाड बनेर
उभिन्छौ भने ,
हामी आगोको फिलिगो हौ,
स्पर्श गर्ने दुस्साहस नगर,
आँधी हुरीको कुनै वहाब हुँदैन ।
आस्थाको रंगिचंगी जामा पहिरिएर,
फेरि, बादशाहहरु (
नयाँ संस्करणमा आउदै छन,
मेरो देशलाई रक्ताम्य बनाउन,
तिमी तयार छौ,
र त हामी तयार छौ,
आमने सामने को मुठभेटमा ।
हाम्रो भावना माथी
तिम्रो नियन्त्रण हुन दिनौ,
नसोच,देशका ठेकेदारहरु,
हत्या र दमनको पटाक्षेप गराएर,
भोलीको स्वर्णिम भविष्य प्रति
खोसिएको स्वतन्त्रताको
घाँटी दबाउने,
हामी(यस्तो नियतिको बिरुध्दमा छौ,
स्वतन्त्रताको साम्राज्य खडा गर्न,
क्रान्तिको स्पन्दन गर्न जरुरी छ,
स्पन्दन बिना सपना हुँदैन,
र,सपना बिना क्रान्ति हुँदैन ।
मान्छेको चेतना आगो हो,
आगो हुर्रहुर्ति बल्नु पर्छ,
आगो बिचार पनि हो,
अब मान्छेका आस्थाहरु
बिष्फोट हुनु पर्छ,
रक्त रंगिन सामन्ती सोचलाई,
पसिनाले सिंंचन गरेर,
बर्गमुक्ति पछिको क्रान्ततिमा जुट,

Advertisement

जनमुक्तिको उदघोष गरौ,
बर्ग वत्रुको (
यातनाको कालो रात अन्त्य हुँदैछ,
भोली उज्यालोको आगमन हुँदैछ ।।

Advertisement

भद्रपुर,झापा( नेपाल)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article