हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा खोलामा डुबेको अवस्थामा ४ वर्षीया बालिकाको शव फेला

झापा – झापा गाउँपालिका-३, झाँसीकी ४ वर्षीया बालिका बिष्णुमाया दर्जीको शव घर नजिकैको सानो माई खोलामा डुबेको अवस्थामा फेला परेको छ। गत असोज ५ गते दिउँसो २ बजेदेखि बेपत्ता भएकी बालिकाको खोजतलास गर्ने क्रममा आज बिहान ७:१० बजे खोलामा मृत अवस्थामा शव फेला परेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय, झापाबाट खटिएको प्रहरी अधिकृतको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। बालिकाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाले स्थानीय बासिन्दालाई शोकाकुल बनाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)