समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापाको बिर्तामोडमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

 

Advertisement

झापाको बिर्तामोड नगरपालिका-७, खालबाडीमा आज बिहान एकजना व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। करिब ३५-३६ वर्षका फुर्व तामाङको आफ्नै घरमा हत्या भएको हो।

Advertisement

घटनास्थलमै तामाङको धारिलो हतियार प्रहारबाट मृत्यु भएको पाइएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले सोही ठाउँका २७-२८ वर्षका प्रेम कुमार राई र ३३ वर्षका रामकुमार राईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको खुकुरी र बसिला पनि बरामद गरेको छ। घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय, झापाबाट प्रहरी अधिकृतको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको टोली खटाइएको थियो।

घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरेपछि बिहान ९:२५ बजे तामाङको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ । प्रहरीले घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article