हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा दुई जना लागुऔषधसहित नियन्त्रण

झापा ।प्रहरीले झापामा छुट्टाछुट्टै स्थानबाट दुई जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

Advertisement

मेचिनगर–६ पुरानो मेचीपुल नजिक काँकरभिट्टा प्रहरी टोलीले भारतको पानीट्याङ्कीबाट आउँदै गरेको सिटी सफारीमा सवार अर्जुनधारा–११ का २६ वर्षीय बिरेन्द्र लिङ्देनलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ३३० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

Advertisement

त्यस्तै, दमक–६ बसपार्क नजिक इप्रका दमकबाट खटिएको प्रहरी टोलीले हिँडिरहेका दमक–१ का ३३ वर्षीय हर्कबहादुर कुमाललाई चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागुऔषध फेला परेको छ।

दुवैजनालाई लागुऔषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)