समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

उज्यालो हराएको हल्दिबारी, सडक बत्ती नबल्दा सुरक्षामा चुनौती

झापा, हल्दिबारी । हल्दिबारी गाउँपालिकाका विभिन्न सडकमा जडान गरिएका सोलार र विद्युत पोलका अधिकांश बत्ती लामो समयदेखि नबलेपछि स्थानीयवासी निरन्तर सास्ती खेपिरहेका छन्। बलेका केही बत्ती पनि धमिला मात्र देखिन्छन्, जसले रातमा अपेक्षित उज्यालो दिन सकिरहेका छैनन्।

Advertisement

सोलार बत्ती मात्र होइन, बाटोमा रहेका विद्युत पोलमा जडान गरिएका सडक बत्ती पनि लामो समयदेखि नबलेका कारण रातको समयमा सडक अन्धकारमय हुने गरेको छ।

Advertisement

बत्ती नबल्नुको मुख्य कारण नियमित मर्मतसम्भार नगर्नु हो। धुलोले ढाकिएका सोलार प्यानल र सेन्सरले पर्याप्त शौर्य ऊर्जा सञ्चित गर्न नसक्दा समस्या हुने गरेको छ भने विद्युत पोलमा जडान गरिएका बत्तीहरू पनि समयमै मर्मत नपाउँदा काम नगरेका हुन्।

यसका कारण पैदलयात्रु मात्र होइन, स्थानीय व्यवसायीहरू पनि प्रभावित भएका छन्। व्यवसाय गर्नेहरूका अनुसार, उज्यालो नहुँदा ग्राहकहरूको आवतजावतमा कमी आउने र चोरी–डकैतीजस्ता असामाजिक गतिविधिको जोखिम बढ्ने गरेको छ।

“सडक बत्ती त नाम मात्रैका हुन्, बल्न छोडेको धेरै वर्ष भइसकेको छ,” एक स्थानीयवासीले गुनासो गर्दै भने। हालै ‘जेन जी’ आन्दोलनपछि प्रहरी चौकीमा जनशक्ति कम भएको बेलामा सडक बत्ती नबल्दा सुरक्षा चुनौती झन् बढेको स्थानीयवासीको भनाइ छ।

यस समस्याप्रति स्थानीयवासीले गाउँपालिका र सम्बन्धित वडा कार्यालयलाई तत्काल ध्यान दिन र आवश्यक मर्मतसम्भारको काम अगाडि बढाउन माग गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article