धर्म
हल्दिबारी संवाददाता ११ महिना अगाडि

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हल्दिबारी – प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।

Advertisement

कुष्माण्डा देवीको महिमा
आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन तापलाई ‘कुष्मा’ भनिन्छ। नवदुर्गामध्येकी चौथी देवी कुष्माण्डाले आफ्ना शरणमा आएका भक्तको यही तीन ताप हरण गर्ने भएकाले उनको नाम कुष्माण्डा रहन गएको मानिन्छ। विभिन्न पुराणमा उल्लेख भएअनुसार, कुष्माण्डा देवीले मदिराले भरिएको घडा तथा रगतयुक्त पात्र धारण गर्छिन्।

Advertisement

श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ, “कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा, अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ।”

नवरात्रका पूजा विधि
* पहिलो दिन: असोज ६ गते सोमबार घटस्थापना गरी जमरा राखिएको थियो। त्यसै दिन शैलपुत्री देवीको पूजा गरियो।
* दोस्रो दिन: मंगलबार ब्रह्मचारिणी देवीको पूजाआराधना गरियो।
* तेस्रो दिन: बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो।
* चौथो दिन: आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।
नवरात्रभरि घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठसमेत गरिन्छ।
धार्मिक विश्वास र शक्तिपीठहरूमा भीड
नवरात्रको समयमा देवीको पूजा गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीहरूले असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष पूजाआराधना गर्ने गर्छन्। नौ दिनसम्म गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीहरूले बडादसैँ मनाउँछन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article