हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको बिर्तामोडमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा, २०८२ असोज ९ गते । झापाको बिर्तामोड नगरपालिका-७, खालबाडीमा हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ। करिब ३५-३६ वर्षका, तराई मूलका जस्तो देखिने ती पुरुषको शव बिहीबार बिहान फेला परेको हो। उनको सनाखत हुन बाँकी छ।

Advertisement

स्थानीय बासिन्दाका अनुसार, राति जंगलबाट आएको एउटा जंगली हात्तीले आक्रमण गर्दा ती व्यक्तिलाई किचेर मारेको हो। उनको शरीरमा गम्भीर चोट लागेको र आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा घोप्टो परेको शव भेटिएको थियो।

Advertisement

बिहान ६:२० बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय, अनारमनीबाट प्रहरी निरीक्षक रूपेश राईको कमाण्डमा एक टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले शवको मुचुल्का उठाउनुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको छ। मृतकको पहिचान र घटनाको विस्तृत विवरण खुल्न बाँकी छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)