समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीस्थित जंगल नजिक हात्तीको आक्रमणमा परि एक पुरुषको ज्यान गएको छ।

Advertisement

प्रहरीका अनुसार राति जंगलबाट आएको जंगली हात्तीले करिब ३५/३६ वर्षको तराई मूलका जस्तो देखिने एक पुरुषलाई आक्रमण गरी किच्दा घटनास्थलमै उनको मृत्यु भएको हो। मृतकको नाम–थर र वतन हालसम्म खुल्न सकेको छैन।

Advertisement

गंभीर रूपमा घाइते बनेका ती पुरुषको आन्द्रा बाहिर निस्किएको अवस्थामा शव फेला परेको र घटनाबारे जानकारी शुक्रबार बिहान करिब ६:२० बजे प्रहरीलाई प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीका रुपेश राईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article