समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

हल्दीबारी गाउँपालिकामा ३३७७ खानेपानीका धारा जडान

झापा,  भदौ ९ : झापाको हल्दीबारी गाउँपालिकामा विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको सहकार्यमा ३३७७ वटा खानेपानीका धारा जडान गरिएका छन्।

Advertisement

जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत १८१७ परिवारमा शुद्ध पानी वितरण भइरहेको छ। समितिका अध्यक्ष केदार प्रसाद उप्रेतीले भन्नुभयो, “हामीले प्रत्येक घरधुरीमा खानेपानीको पहुँच सुनिश्चित गर्न प्रयास गर्दै आएका छौं। यस पहलले बासिन्दाको जीवनस्तरमा सुधार ल्याउनेछ।”

Advertisement

त्यस्तै, गोलधाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हर्कप्रसाद लिङ्देनले जानकारी दिनुभयो, “१३५० घरधुरीमा धारा जडान गरी शुद्ध पानी वितरण सुरु गरिएको छ। हाम्रो प्राथमिकता सबै उपभोक्तासम्म पानी पुर्याउनु हो।”

उनले भने हामीले बिर्तामोड नगरपालिका १० का र बाह्रदशी गाउँपालिका ५ का केही घरधुरी परिवारलाई समेत खानेपानी उपलब्ध गराउँदै आएका छौं।

हल्दीबारी खानेपानी समितिका अध्यक्ष तुलसीप्रसाद ओलीले भने, “हामीले २१० घरधुरीमा पानीको सेवा सुरु गरेका छौं। भविष्यमा धारा विस्तार गरी सबै घरमा शुद्ध पानी उपलब्ध गराउने लक्ष्य राखेका छौं।”

गाउँपालिकाले धारा विस्तार र पाइपलाइन निर्माणमा करोडौं रुपैयाँ विनियोजन गरेको छ भने मुख्य प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले जानकारी दिनुभयो, “पालिकाले १० हजार लिटरसम्म निःशुल्क पानी उपलब्ध गराउँदै आएको छ भने निम्न आय भएका परिवारलाई निःशुल्क धारा जडान गरिएको छ।

जलथल खानेपानी कार्यालय प्रमुख रञ्जित ठाकुरका अनुसार, “यस चालु आर्थिक वर्षभित्र करिब ३ हजार घरधुरीले खानेपानीको सेवा लिने अपेक्षा गरिएको छ।” हाल वडा नं ३, ४ र ५ मा शुद्ध पानी आपूर्ति सुनिश्चित गर्न दुईवटा नयाँ पानी ट्याङ्की निर्माणको आवश्यकता देखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article