झापा, असोज १० – झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार, कृष्णमाया संग्रौलाको घरमा डेरा गरी बस्ने ५२ वर्षीय टुनु साह शुक्रबार साँझ करिब ६ बजे घर नजिकैको खुला चौरमा घोप्टो अवस्थामा मृत भेटिएका हुन्।

घटनास्थलको प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको कमाण्डमा टोली खटिएको थियो।
स्थानीयहरूले मृतक लामो समयदेखि अत्यधिक मदिरा सेवन गर्ने गरेको बताएका छन्। शवलाई पोष्टमार्टमका लागि मेचि अस्पताल भद्रपुर पठाइएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।