हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

सप्तकोशीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका सबै ५६ ढोका खोलिए

झापा । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च स्तरमा पुगेको छ। आज बिहान गरिएको मापन अनुसार, कोशीमा प्रति सेकेण्ड ३ लाख ३५ हजार ३६० क्यूसेक पानी बगिरहेको छ।

Advertisement

सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार, बिहान ८ बजेको मापनमा नदीको सतह निरन्तर बढ्दै गएको देखिएको छ। यसैबीच, कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएको छ। तर, अहिलेसम्म नदीको किनारमा कटान वा ठुलो क्षति भने भएको छैन।

Advertisement

जिल्ला प्रशासन र स्थानीय सुरक्षा निकायले सतर्कता अपनाउँदै राहत तथा निगरानीको तयारीलाई तीव्र बनाएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)