समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

झापा गाउँपालिकामा ३४३२ परिवार बाढीको चपेटामा

झापा,  असोज २३  । झापा जिल्लामा हालै आएको बाढीले व्यापक क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, झापा गाउँपालिकाका ३४३२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्

Advertisement

सबैभन्दा बढी असर वडा नं २ मा परेको छ, जहाँ १३४१ परिवार बाढीको चपेटामा परेका छन्। त्यसपछि वडा नं १ मा ९९२, वडा नं ३ मा ६६५, वडा नं ५ मा ११०, वडा नं ६ मा ७० र वडा नं ७ मा २५४ परिवार प्रभावित भएका छन्।

Advertisement

राहत वितरण कार्य चरणबद्ध रूपमा अगाडि बढाइएको छ। हिजो र आज गरी १ हजार २ परिवारलाई राहत सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ।

आज दोस्रो दिन ३६९ घरपरिवार लाई सहयोग गरिएको हो — जसअन्तर्गत झापा गाउँपालिका–२ का सडकबारीका २६८, टप्पुका १९, जिम्दारवारीका १५ र सिर्जना बस्तीका ६७ परिवारलाई राहत पुगो।

रेडक्रस झापाका सभापति लोकराज ढकालका अनुसार, आज गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाको स्थलगत अध्ययन सम्पन्न गरिएको छ।

उनले भने “भोलिदेखि झापा गाउँपालिकासहित ती पालिकामा पनि राहत वितरण विस्तार गर्ने तयारी भइरहेको छ।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article