हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

बिर्तामोडमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

झापा, असोज २४ गते। जिल्ला झापा बिर्तामोड नगरपालिका–८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विहीबार राति करिब १० बजे गोप्य सूचनाका आधारमा उक्त घरमा छापा मार्दा घरधनीसहित ११ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।

Advertisement

प्रहरीका अनुसार उनीहरूबाट ५२ पत्ती (एक बुक) तास, नगद दुई लाख पन्ध्र हजार पाँच सय पचास रुपैयाँ (रु. २,१५,५५०) र ९ थान मोबाइल फोन बरामद गरिएको छ।

पक्राउ परेकाहरूमा —
१. काली प्रसाद राजवंशी, ३५ वर्ष, बिर्तामोड–८
२. भानु दाहाल, ५३ वर्ष, बिर्तामोड–८
३. राजन भट्टराई, ४६ वर्ष, बिर्तामोड–८
४. दिलिप प्रसाद राजवंशी, ३१ वर्ष, बिर्तामोड–८
५. ओमनाथ उप्रेती, ५० वर्ष, बिर्तामोड–८ (घरधनी)
६. निरज रोक्का, २५ वर्ष, बिर्तामोड–८
७. मनिष पौडेल, २९ वर्ष, बिर्तामोड–८
८. कुबेर मैनाली, ३५ वर्ष, बिर्तामोड–८
९. मनोज पौडेल, २६ वर्ष, बिर्तामोड–८
१०. स्वस्तिक ओली, ३७ वर्ष, बिर्तामोड–८
११. प्रितम उप्रेती, ३० वर्ष, बिर्तामोड–८

प्रहरीले पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय झापामा राखी जुवा सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)